एजेन्सी। भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत् आयात गर्ने भएको छ। भियतनामको राष्ट्रिय विद्युत् विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा लाओसबाट पाँच हजार मेगावाट विद्युत् आयात गर्ने उल्लेख गरेको हो।
विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत् आयात गर्ने भियतनामी न्यूज एजेन्सीले जनाएका छन्।
पछिल्ला वर्षहरुमा भियतनामका मध्य र दक्षिणी क्षेत्रहरुमा विद्युत् माग तीव्र रुपमा बढेको छ।