काठमाडाैं। नेपाल टेलिकमले अदालतहरूमा दूरसञ्चार सेवा उपलब्ध गराउने भएकाे छ। नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार भएको सम्झौता अनुसार टेलिकमले अब विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको हो।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सर्वोच्च अदालतको तर्फबाट सहरजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा Dedicated इन्टरनेट र Dedicated इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा SMS Alert Service र Pull SMS Service (Short Code) उपलब्ध गराउनेछ ।
हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुनेछ ।