काठमाडौं। कर्णालीको हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन कर्मचारीको उद्धार गरिएको छ। हिउँमा फसेका नाम्खा गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको टोलीले उद्धार गरेको हो।
तीनैजना मित्रराष्ट्र चीनबाट प्राप्त अनुदानका सामग्री बुझी फर्कने क्रममा हिउँमा फसेका थिए। सशस्त्र प्रहरीका अनुसार तीनैजना हिजो विहान हिउँमा फसेको खबर पाएपछि उद्धार गर्न टोली त्यसतर्फ गएको थियो। टोलीले हिजो दिउँसो उनीहरुको सकुशल उद्धार गरेको हो।