पर्सा। भेडाहा खोलामा बाढी नियन्त्रणका लागि बाँध निर्माण गर्न ४१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
वीरगञ्ज महानगरपालिकाको कार्यपालिका बैठकले भेडाहा खोला नियन्त्रणका लागि ४१ करोड लागत लाग्ने अनुमान गरेको हो ।
बाँध निर्माणका लागि राष्ट्रिय योजना आयोगले समपुरक अनुदान स्वरुप २५ करोड रुपैयाँ दिएको छ ।
वीरगञ्ज–२७, २८, २९, ३० र ३१ मा पर्ने भेडाहा खोलामा आउने बाढीले वर्षेनी जमिन कटान गर्ने गरेको छ। सोहि समस्या समाधानका लागि महानगरपालिकाले नगर कार्यपालिकाको बैठक बसेर लागत अनुमान गरेको हो।
बैठकले सामुदायिक सिकाइ केन्द्रका परिचालकहरुको पारिश्रमिक १५ हजारमध्ये ७ हजार महानगरले उपलब्ध गराउने, वीरगञ्ज घण्टाघर स्थित सिटी शौचालय ठेक्का लगाउने, मेयर कप २०७७ समितिका पदाधिकारीहरुको पारिश्रमिक दिने, वडा नं १९ र २१ मा वर्थिङ सेन्टर सञ्चालन गर्ने लगायत निर्णय समेत गरेको छ।