कास्की। जिल्ला प्रहरी कास्कीले ध्वनि प्रदूषण कम गर्न अभियान चलाएको छ। कास्की प्रहरीले आज एक कार्यक्रम गर्दै ध्वनि प्रदूषण नगराउन भन्दै स्टिकर अभियान सुरु गरेको हो।
प्रहरीले मोटरसाइकल वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने बनाउनेहरू, व्यवसायी तथा मजदुरसँग सवारीसाधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गराए कारबाही बेहोरासहित स्टिकर टाँस अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।
पटक पटक कारबाही गर्दा समेत मोडिफाईका घटना नरोकिएको भन्दै सचेतनामुकल स्टिकर टाँस अभियान सुरु गरिएको कास्की प्रहरीको भनाइ छ।