काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागी भएको छ। ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान ६ बजे आगलागी भएको हो।
आगलागीमा परेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। शव जलेर चिन्न नसक्ने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।