धनकुटा। पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका वडा नं ९ बस्ने १५ वर्षीय दिपेश ओझा रहेको प्रहरीले जनाएको छ।