काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको थियो । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।