दाङ। तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका–११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने गम्भीर घाइते भएका छन्।