पर्वत। पर्वतको फलेवास नगरपालिका–३ पुर्कोटमा खानेपानी सुविधा पुगेको छ। पुर्कोटमा डिप बोरिङ खानेपानी आयोजनामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो ।
बस्तीभन्दा तल रहेको चाम्लेस्वारा धारापानीमा जमिनमुनिको पानी उत्खनन गरेर माथि डाँडामा पुर्याइएको छ । स्थानीय दुई सय परिवारका लागि डिप बोरिङमार्फत उत्खनन गरिएको पानी तानेर ट्याङ्कीमा सङ्कलन गरी एक घर एक धारामार्फत वितरण गरिने भएको छ ।
चार करोडको लागतमा यो योजना सञ्चालन गरिएको हो। केही महिनामै सबै घरमा धारा बनाएर पानी वितरण गरिने बताइएको छ।