काठमाडौं। सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ। १ लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर बिहीवार बाट विक्रीमा ल्याएको हो।
कुमारी बैंकको स्वामित्वमा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीले जेठ १ गतेभित्र आवेदन दिन सक्ने गरी विक्रीमा ल्याइएको हो ।
प्रतिकित्ता २७५ रुपैयाँ मूल्य तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।