भोजपुर। भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दुधकोशी नदीमा डुबेर २ जनाको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको हो।
बुधबार दिउँसो १ बजे आमचोक– ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।