डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका छन् । गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर हिजो एउटै घरका दाजुभाईसहित तीन बालबालिका घाइते भएका हुन् ।
घाइते हुनेमा कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको बताइएको छ। दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरु आगलागीमा परेका थिए । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरुको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडौं लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ ।