काठमाडौं। पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन्। सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा उनिहरु पक्राउ परेका हुन्।
पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट सेवाग्रहीसँगबाट लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ। उनीहरुले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए।