काठमाडौं। युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा रुसले आक्रमण गरेको छ। कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का पावर प्लान्टमा रुसले बिहीबार मिसाइल आक्रमण गरेको हो ।
आक्रमणबाट पावर प्लान्टमा आगो लागेको र बिजुली उत्पादन बन्द भएको बीबीसीले जनाएको छ ।
रुसले पछिल्लो पटक युक्रेनका बिजुली, रेलवे लाइन, पुल सहित पाँच क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । यही अभियान अन्तर्गत ट्रिपिलिस्का पावर प्लान्टमा आक्रमण भएको हो ।