काठमाडौं। काठमाडौंमा हिजो भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनि–भैरव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।
दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।