काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले ऊर्जा सुरक्षाका लागि ‘प्रधानमन्त्री उज्यालो योजना’ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। भाजपाले चालु कार्यक्रमलाई अझ बढावा दिने र कैयौँ नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको हो।
१९ अप्रिलदेखि जुन १ सम्म चल्ने गरी सुरु हुन लागेको भारतको संसदीय निर्वाचनलाई लक्षित गर्दै भाजपाले घोषणापत्र मार्फत जनतासमक्ष यस्तो बाचा गरेको हो । पार्टीले आफ्नो घोषणा पत्रमा भारतलाई आवश्यक हरित ऊर्जाको परिपूर्तिका लागि समेत विभिन्न प्रकारका इन्धन उत्पादनका कार्यक्रम अघि बढाइने उल्लेख गरेको छ ।