काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता रवि सिंहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। तीन दशक अघिदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील सिंहले १४औं महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट उमेदवारी घोषणा गरेका हुन् ।
२०४६ सालको पहिलो जनआन्दोलन, प्रतिगमन विरोधी कार्यक्रम, २०६२—६३ को दोस्रो जनआन्दोलनमा अत्यन्त सक्रिय रहेका सिंहले नेपाली कांग्रसका प्रभावशाली नेता तथा केन्द्रीय सभापतिका उम्मेदवार प्रकाशमान सिंहको टिमबाट उम्मेदवारी दिने बताए।
सबैको परामर्श र सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताउँदै सिंहले जेष्ठलाई सम्मान र युवाहरूलाई प्रोत्साहित गर्दै आफू चुनावी मैदानमा होमिएको बताए। हाल नेपाली कांग्रेसको जनजाति विभागको केन्द्रीय सदस्यको भूमिकामा रहेका सिंह देशभरका करिब १३ हजार निर्माण व्यवसायीहरूको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष हुन्।
सङ्गठनमा बलियो पकड भएका तर्कशील तथा बौद्धिक व्यक्तित्व सिंह युवाहरूका बीच लोकप्रिय मानिन्छन् । नेपाली निर्माण उद्योगका सशक्त व्यक्तित्वको छवि बनाएका सिंह सामाजिक संघ संस्थाहरूमा पनि उत्तिकै क्रियाशील छन् ।