पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको फेवातालका डुङ्गा चालकहरुको मापसे जाँच गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइड बाराही घाटमा हिजा (सोमवार) फेवातालका डुङ्गा व्यवसायी तथा चालकहरुसँग अन्तरक्रिया कार्यक्रमसँगै २५ जना डुङ्गा चालकको मापसे जाँच गरिएको हो।
फेवातालका २५ जना डुङ्गा चालकको मापसे जाँच गर्दा एकजनाले मादक पदार्थ सेवन गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा फेवातालका डुङ्गा व्यवसायी र चालकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।