तनहुँ। तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ। पासर्दीस्थित खानेपानी मुहानबाट ३ चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो ।
हालसम्म योजनाको ४० प्रतिशत भौतिक प्रगति भएको छ।
संघीय सरकारबाट पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्षमा २ करोड बजेट रुपैयाँ विनियोजन गरेपछि योजनाको काम अघि बढेको हो । समपूरक योजनाअन्तर्गत उक्त योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानी पुर्याउन लागिएको व्यास नगरपालिकाले जनाएको छ।
२०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी लाहुरे काइला बिल्डर्सले योजना निर्माणको जिम्मा पाएको छ ।