काठमाडौं। प्रभु बैंकडका ग्राहकले स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने भएका छन् । प्रभु बैंक र वन्डर्स नेपालबिच भएको समझदारीसँगै छुट पाउने भएका हुन्।
प्रभु बैंकको तर्फबाट प्रमूख मार्केटिग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपालका कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहक तथा कर्मचारीले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् ।
सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।