काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी तत्कालका लागि अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यलाई दिइएको छ।
सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ मा संशोधन गरेसँगै शाक्यले तत्कालका लागि बोर्डको अध्यक्षको काम गर्न पाउने भएका हुन्।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा संशोधन गर्दै धितोपत्र बोर्डको अध्यक्ष पद रित्त रहेमा बोर्डमा मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्न सक्ने व्यवस्था गरिएको छ ।