लमजुङ। हावाहुरीले एक विद्यालयको छानोमा क्षति पुर्याएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा रहेको सरस्वती सदन आधारभूत विद्यालयको छानो हावाहुरीले उडाएको हो।
मंगलबार साँझपख ५ बजेतिर आएको हावाहुरी र पानीले विद्यालयको ८६ वटा जस्ता उडाएर काम नलाग्ने बनाएको विद्यालयले जनाएको छ।
हावाहुरीले विद्यालयको छानो उडाएपछि बाल कक्षा र यूकेजी कक्ष जलमग्न बनेको छ।
ती कोठामा विछ्याइएका म्याट्रेस, कार्पेट, भित्ताका लेखनहरू, भित्तामा राखिएका विभिन्न पाठ्यसामग्री समेत हावाहुरी र पानीले नष्ट बनाएको विद्यालयले जनाएको छ।
धबार बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बसेर जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय सरकार, विभिन्न संघसंस्थालाई सहयोग माग गर्ने निर्णय गरिएको छ।