जुम्ला। जुम्लाको सिंजा गाउॅपालिका–२ चुलेलगाउॅस्थित माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ।
गाउॅपालिका अध्यक्ष पूर्णप्रसाद धितालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ वडलाई सामान हस्तान्तरण गरेपछि विद्यालयमा रिबन काटेर प्रयोगशाला सञ्चालनमा आएको घोषणा गरिएको हो।
चार लाख रुपैयाँ बराबरको विज्ञान सामग्री प्रयोगशालाका लागि हस्तान्तरण गरिएको छ।
२ सय ४० जना विद्यार्थी रहेको माबि चुलेल गाउॅमा प्रयोगशाला सञ्चालनमा आएसँगै विद्यार्थी र अभिभावकहरु उत्साहित छन् । प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको आर्थिक सहयोग तथा सिंजा गाउॅपालिकाको समन्वयमा विज्ञान सामग्रीहरु विद्यालयमा आएको हो । प्रधानाध्यापकले ९१ प्रकारको विज्ञान सामग्री विद्यालयमा आएको जानकारी दिएका छन्।