पर्वत। कास्कीको पोखरा महानगरपालिका–७ राष्ट्र बैङ्क चोकमा भएको दुर्घटनामा परी आठ जना चिनियाँ पर्यटक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहान करिब साढे चार बजेको समयमा बा १ च ८५१ नम्बरको हायस र विपरीत दिशातर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कारपीयो आपसमा ठक्कर खाएका थिए।
हायसमा सवार १४ जना यात्रुमध्ये आठ जना घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएको छ। उक्त हायसमा ११ जना चिनियाँ नागरिक सवार थिए।