बाँके। बाँकेको हर्बल उद्योगमा आगलागी भएको छ। आज बिहान ७ बजे जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको हो।
उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो।
आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको प्रहरीले जनाएको छ।
विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ।