सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको पिस्कर धारवतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको परिचय खुलेको छ ।
मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका १ बस्ने वर्ष १७ का शिव श्रेष्ठ, १८ वर्षका दीपेन्द्र थामी र वर्ष ७० का मानबहादुर थामी रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ।
कार्यलयका अनुसार दुर्घटनामा बस चालकसहित ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचार भइरहेको छ ।