गुल्मी। गुल्मीको इस्मा गाउँपालिका २ मा हिजो भीषण आगलागी भएको छ।
उक्त आगलागीमा ३८ घरगोठ जलेका जनाइएको छ। नजिकैको सामुदायिक वनमा लागेको आगो हावाका कारण बस्तीमा आइपुगेको हो। आगोले १३ घर र २५ गोठ जलेको स्थानीयले बताएका छन्।
घरगोठ जल्दा थुप्रै पालुवा जनावर पनि जलेको बताइएको छ।