काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ।
हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको बताइएको छ।
त्यहाँबाट आएको बाढी बुढीगण्डकीमा मिसिने स्थानीयले बताएका छन्।