काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।
खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको आधारमा पदपूर्ति गर्नुपर्ने भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव भएका व्यक्तिलाई दर्खास्त दिन आह्वान गरिएको छ ।
सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौँमा रहेको सञ्चालक समितिको सचिवालयमा दरखास्त पेस गर्नु आग्रह गरिएको छ ।