काठमाडौं। थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बैशाख २३ गते गते गर्ने भएको छ । सभा, जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहान ११ बजेदेखि शुरु हुने जानकारी दिएको छ।
कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा हकप्रद शेयर निष्कासन प्रस्ताव पेश हुनेछ । तर कति प्रतिशत निष्कासन गर्ने भनेर चाहिँ खुलाइएको छैन । साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ ।