रुकुम पूर्व। रुकुम–पूर्वबाट एक १८ वर्षीया गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्माकी रोदना विश्वकर्माको उद्धार गरिएको हो।
उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ। सात महिनाकी गर्भवती विश्वकर्माको अत्याधिक रक्तश्राव भएपछि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए।
प्रजिअ बास्कोटाका अनुसार सुत्केरी हुने समय अवधि नपुग्दै अत्याधिक रक्तश्राव भएपछि उनलाई पेल्मा स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्यकर्मीले बाहिर लैजान सल्लाह दिएपछि नेपाली सेनाको हेलिकप्टर बोलाएर शुक्रबार दिउँसो साढे ३ बजे सुर्खेत पठाइएको प्रजिअ बास्कोटाले बताए।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गममा रहेका महिलालाई उद्धार गर्ने गरिएको छ।