काठमाडौं। ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।
आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्कासन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ।