कैलाली। कैलालीको कान्द्रा नदीमा तटबन्ध निर्माण गरिने भएको छ। कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि ९ करोडको ठेक्का सम्झौता भएको हो।
ठेक्का सम्झौता भइ तटबन्ध निर्माणको काम समेत सुरु भइसकेको छ। कान्द्रासहित कैलालीका कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, काँडा र ठूलीगाड गरी सात वटा नदीमा तटबन्धको काम सुरु भइसकेको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न विनियोजन गरेको १७ करोड ६ लाख बजेटबाट तटबन्ध निर्माण गर्न थालिएको हो।