काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यमा आज गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले गिरावट भएको हो।
सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ।
यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ।
महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट भएको छ। सोमबार प्रतितोला रु एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ।