काठमाडौं। झापाको शिवसताक्षीमा जीपमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको छ।
बुधबार बिहान शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुंगातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सीसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को बोलेरोसँग ठक्कर खाएको हो।
दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए। बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा बाटोमै मृत्यु उनीहरूको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।