एजेन्सी। मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा भएको छ। मलेसियन नौसेनाका रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका हेलिकप्टर दुर्घटनामा परेका हुन्।
दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको सञ्चारमाध्यमहरुले जनाएका छन्। दुर्घटनामा हेलिकप्टरमा सवार १० जनाकै मृत्यु भएको बीबीसीले जानकारी दिएको छ।