काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ।
आगलागीमा १०० घर जलिसकेको मटिहानी नगरपालिकाकाले जनाएकाे छ । हावा तीव्र गतिमा चलिरहेको र घाम पनि बढी भएकाले आगलागी नियन्त्रणमा लिन कठिन भएकाे थियाे।
पीडितहरुको पनि भागाभाग मच्चिएको थियाे। आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट बारुणयन्त्र पुगेका थिए। क्षतिकाे विवरण भने आउन बाँकी रहेकाे छ।