सिन्धुपाल्चोक। चौतारा अस्पतालले अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ।अस्पतालबाट बिरामीहरुलाई सम्पूर्ण सेवा सुविधा दिने उद्देश्यले अक्सिजन प्लान्ट सञ्चालन गरिएको हो।
प्लान्ट सञ्चालनसँगै बिरामीको शय्यामै पाइपलाइनबाट अक्सिजन पुर्याइएको छ । प्लान्टले प्रतिघण्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा.करुणा बज्राचाार्यले बताए ।
उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको कोभिड वार्ड, इर्मर्जेन्सी र अन्य वार्डमा रहेका शय्यामा पुर्याइएको छ। अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन लिनका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ।
अस्पतालबाट कोभिड–१९ को पिसिआर परीक्षण शुरु भएको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुपाल्चोकमै कोरोना भाइरस परीक्षण शुरु भएको हो। चौतारा अस्पतालमा पिसिआर मेसिन जडान गरी पिसिआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याइएको छ।