काठमाडौं। मकवानपुरको कैलाश गाउँपालिकामा गएराति ११ बजे ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। कैलाश गाउँपालिका १० पुरानो गाउँ बस्ने ३५ वर्षीय प्रदीप वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ।
भित्री सडकखण्ड भलटारदेखि पुरानो गाउँतर्फ बिजुलीको पोल लिएर जाँदै गरेको प्रदेश ३–००१ त ०४१९ नम्बरको ट्र्याक्टरबाट खसेका वाइवा पछाडिको चक्काले किचेको थियो।