काठमाडौं। सानिमामाई हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनः नियुक्त भएका छन्। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ओझालाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
ओझा २०७७ साल जेठ ११ गतेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार चार वर्षे कार्यकालका लागि नियुक्त भएका थिए। जेठ १५ गतेदेखि लागू हुने गरी ओझालाई पुनः कम्पनीको महाप्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।