तुलसीपुर। दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना गम्भीर घाइते भएका छन्।
पश्चिमदेखि तुलसीपुर जाँदै गरेको रा ५ प ९३२२ नम्बरको मोटरसाइकलले शान्तिनगर ७ खैरेनी प्रतीक्षालय नजिकै पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ।
मृत्यु हुनेमा पैदलयात्री सल्यान घर भई हाल शान्तिनगर– ७ खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापा रहेका छन्। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा बेलुका करिब पौने ७ बजेतिर मृत्यु भएको हो। घाइते हुनेमाबबई ३ हंसपुरका ३० वर्षीय मोटरसाइकल चालक कमल विक‚ मोटरसाइकल पछाडि बसेका बाँके घर भएका २५ वर्षीय प्रकाश रसाइली रहेका छन्।