झापा। झापाको मेचीनगर नगरपालिकामा साढे १५ करोड लगानीमा तीन वटा खानेपानी आयोजना निर्माण भएका छन्। सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको १५ करोड ५७ लाख ३८ हजार संयुक्त लगानीमा आयोजना निर्माण गरिएको हो।
आयोजना बाहुनडाँगी, धुलाबारी र चारआलीमा निर्माण गरिएका छन्।
काँकडभिट्टा खानेपानी आयोजनामार्फत मेचीनगर–४ बाहुनडाँगीमा निर्माण सम्पन्न भएको संरचना बिहीबारदेखि सञ्चालनमा आएको छ। धुलाबारी र चारआलीका आयोजना चाँडै सञ्चालन हुने मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाले जनाएको छ।
बाहुनडाँगीमा ६ करोड ३८ लाख, धुलाबारीमा चार करोड ८० लाख र चारआलीमा चार करोड ३८ लाख ४९ लाखको लागतमा आयोजना निर्माण गरिएको हो।