गुल्मी। गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको हो।
गएाित दुर्घटनामा गुल्मीदरबार–४ भट्टेचौरका ३१ वर्षका यमबहादुर सुर्यवंशी घाइते भएका छन्।
गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ को मोटरसाइकल आँफै अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।