काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने बताएको छ। आइस्पानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने जानकारी दिएको हो।
आइस्पानका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट ब्याण्डविथबापत १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न सरकारले अवरोध गरेका कारण नेपालभर जतिबेला पनि इन्टरनेट अवरुद्ध हुन सक्ने बताए ।
अहिले इन्टरनेट ब्याण्डविथको १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाउन नसकिएको उनको भनाइ छ। उताबाट पैसा किन नपठाएको भन्दै पत्र आइसकेको तर, ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस नदिँदा जतिबेला पनि इन्टरनेट बन्द हुन सक्ने उनले बताए।