काठमाडौं। पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने भएको हो।
आईपीओ निष्कासन सँगै अन्य विविध प्रस्ताव पारितका लागि वैशाख १५ गते विशेष सधारण सभा गर्ने निर्णय गरेको थियो।
कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत प्रतिनिधित्व हुन पाउने गरी कम्पनीले विहान ११ बजे विशेष साधारण सभा गर्न लागेको हो।