पाल्पा। पाल्पामा टिपरले ठक्कर दिँदा मोटरसाइकल यात्रुको मृत्यु भएको छ।
रैनादेवी छहरा गाउँपालिका ६ जुठापौवाका ४३ वर्षीय जगलाल बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ।
बुटवलबाट कचल खानीतर्फ जाँदै गरेको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु१७प १५२४ नम्बरको मोटरसाइकललाई तिनाउ गाउँपालिका २ छिसखोलास्थित भित्री कच्ची सडकखण्डमा शनिबार साँझ ६ बजेतिर ठक्कर दिएको हो।
गम्भीर घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बेलुकी ८ बजेतिर मृत्यु भएको हो।