गुल्मी। जिल्लाको सत्यवती गाउँपालिका ४ मा गएराति मलामी बोकेको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।
दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो ।
जीप ब्रेक फेल भई सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।