सिन्धुपाल्चोक। जुगल गाउँपालिका ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । बैङ्किङ कसुर मुद्दामा फरार रहेका उनि पक्राउ परेका हुन्।
उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
प्रहरीको फरार सूचीमा रहेका तामाङलाई हिजो पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको हो।