म्याग्दी। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति भएको छ। आइतबार भएको उच्च गतिको विद्युत प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका ६० घरमा क्षति भएको हो ।
घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको छ।
एक पसलमा अगलागी भइ १० लाखभन्दा बढीको क्षति भएको छ।
पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । ५ जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको बताइएको छ।
नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ ।